मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा स्वास्थ्यमा सुधार हुनेछ । कानुनी समस्याहरू लम्बिनेछ । साताको मध्यमा धर्म कर्ममा रुचि बढ्नेछ । पितासँगको सम्बन्ध प्रगाढ हुनेछ । साताको अन्तिममा व्यापार व्यवसायमा लाभ मिल्नेछ । कार्य क्षेत्रमा लिएका निर्णयहरूको प्रशंसा हुनेछ । यात्रा सुखद रहनेछ र नयाँ सम्पर्क बढ्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । विद्यार्थी वर्गहरूलाई शिक्षामा परिश्रमको उचित परिणाम नमिल्नाले मन निराश रहनेछ । साताको मध्यमा आर्थिक दृष्टिले समय अनुकूल रहनेछ । नयाँ लगानिको लागि उपयुक्त समय रहेको छ । संगीत र कलाको क्षेत्रमा नयाँ भूमिका निर्वाह गर्नुपर्ला । साताको अन्तिममा कार्य क्षेत्रमा नयाँ कार्य हात लाग्ला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ । आय आर्जनका स्रोतहरु बढ्नेछन् । साताको मध्यमा समाजमा प्रतिष्ठित व्यक्तिको सल्लाहलाई बेवास्ता नगरौं । अरुमाथि आँखा बन्द गरेर विश्वास नगर्नुहोला । साताको अन्तिममा शेयर बजारबाट मनग्य लाभ मिल्ला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । आर्थिक पक्ष सबल रहनुको साथै भावनात्मक सम्बन्धमा सुधार आउनेछ । साताको मध्यमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । मनमा नयाँ कार्य गर्ने उत्साह जाग्नेछ । साताको अन्तिममा प्रेम सम्बन्ध सुमधुर रहनुको साथै विशिष्ट कार्य गर्ने मौका मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा पारिवारिक चिन्ताले मन अशान्त रहनेछ । आकस्मिक हानि हुने सम्भावना रहेको छ । साताको मध्यमा विद्यार्थी वर्गहरूलाई शिक्षाको क्षेत्रमा नयाँ सफलता मिल्नेछ । पुरानो कार्यको प्रशंसा हुनेछ । व्यापार व्यवसायमा लाभको स्थिति बनिरहेको छ । साताको अन्तिममा उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सक्नुहुनेछ । आय आर्जनका नयाँ स्रोतहरू बन्नेछन् ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा धैर्य र पराक्रममा वृद्धि हुनेछ । कार्य क्षेत्रमा कार्य समयमा सम्पादन हुनाले नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ । साताको मध्यमा निर्णयात्मक काम गर्दा नहतारिनु नै उचित रहेको छ । हातमा लिएको कामको पूर्णताले मनमा खुसी रहनेछ । साताको अन्तिममा विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ । कार्य क्षेत्रमा योजना अनुरूप कार्य गर्नुहोस् सफलता मिल्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा साहसिक कार्य गर्ने समय रहेको छ । अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ । साताको मध्यमा घर परिवारमा व्यक्तिगत कार्यको लागि समय निकाल्नुहोस् । समय सन्दर्भ विचार गरेर आफ्नो कुरा राख्ने प्रयास गर्नुहोला । साताको अन्तिममा अरुलाई प्रभावित पारेर कार्य बनाउन सक्नुहुनेछ । विगतको श्रमबाट प्रशस्त धन कमाउन सक्नुहुनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा उद्योग व्यापारबाट धन लाभ हुनेछ । प्रशासनिक वा राजकीय मामिलाहरू सुल्झिनेछन् । साताको मध्यमा घरपरिवारमा आफूभन्दा साना भाइबहिनीहरूको साथ र सहयोग मिल्नेछ । धार्मिक यात्राको रूपरेखा कोरिन सक्छ । साताको मध्यमा नियमित कार्यमा फेरबदल गर्नुपर्ला । कार्य क्षेत्रमा अतिरिक्त जिम्मेवारी बढ्नेछ । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा सामाजिक प्रतिष्ठा बढ्नेछ । आर्थिक पक्ष सबल रहनेछ । साताको मध्यमा शक्ति बढ्नुको साथै प्रयत्न गरेको कार्यमा छिटै सफलता मिल्ला । साताको अन्तिममा सकारात्मक सोचले काम गर्नुहोस्, उत्साह बढ्नेछ । रोजगारको क्षेत्रमा सफलता मिल्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा वैदेशिक रोजगारका नयाँ अवसरहरू मिल्नेछन् । स्वास्थलाई लिएर सचेत रहनुहोला । सवारी साधनमा धन खर्च हुनेछ । साताको मध्यमा कार्य क्षेत्रमा लिएको दायित्वलाई ईमानदारीपूर्वक निभाउनुहोस् । परिश्रम अनुरुपको फल मिल्नेछ । साताको अन्तिममा आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ । पैतृक सम्पत्तिलाई लिएर चलिरहेको वादविवाद सुल्झिनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा व्यापार व्यवसायमा लाभ मिल्नेछ । चिकित्सा वा कृषिको क्षेत्रबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ । पौष्टिक भोजनको सेवन गर्नुहोस्, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुनेछ । भौतिक संसाधन जुटाउन सक्नुहुनेछ । साताको अन्तिममा कार्य क्षेत्रमा सफलता मिल्नेछ । अरुको झैँ झगडा सुल्झाउन हजुर अगाडि नबढ्नुहोला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । कार्य क्षेत्रमा पदोन्नतिको योग छ । साताको मध्यमा पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ । साताको अन्तिममा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । उच्च शिक्षाको लागि नयाँ अवसरहरू मिल्नेछन् । अवसरवादीहरूबाट सावधान रहनुहोस् ।




