धनुषा । मिथिला बिहारी नगरपालिका १ भुतही टोलस्थित इट्टा उद्योगमा शुक्रबार दिउँसो पानी जमेको खाल्टोमा डुबेर ७ महिनाकी शिशुको मृत्यु भएको छ ।
भारत, बिहारको सितामढी ९ पिपराठी टोल निवासी अफरोज साहकी छोरी सोहना खातुन सोही इट्टा उद्योगको पानी जमेको खाल्टोमा डुबेपछि अशक्त भएकी थिइन् ।
उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको जनाइएको छ । यस घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




