पर्सा । पर्साको बहुदरमाई नगरपालिका ४ तिलावे खोलाको किनारमा शनिबार बिहान एक अज्ञात महिलाको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीया ती महिलाको नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा शव केही दिन पुरानो हुन सक्ने अनुमान गरिएको छ ।
हाल घटनास्थललाई सुरक्षा दिँई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने महिलाको पहिचान र घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।




