पर्सा । पर्साको वीरगंज महानगरपालिका २८ जगरनाथपुरस्थित भेडा खोलामा एक युवक मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्ने व्यक्ति वीरगंज महानगरपालिका २७ बस्ने १९ वर्षीय विशाल राउत रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




