बारा । जीतपुरसिमरा उपमहानगरपालिका ७ स्थित शिव मन्दिरको सडक पेटीमा अन्दाजी ६५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । मृतक पुरुषको नाम, थर र वतन अझै खुलाइएको छैन ।
स्थानीयहरूले मंगलबार बिहान मृतक पुरुषलाई सडक पेटीमा देखेपछि प्रहरीलाई सूचना दिएका थिए । घटनास्थलमा पुगेर प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ ।
प्रहरीले शवको पहिचान र मृत्युका कारण बारे थप जानकारी संकलन गरिरहेको जनाएको छ । प्रहरीले घटनास्थलका सबै पक्षहरूलाई ध्यानमा राख्दै अनुसन्धान प्रक्रिया अघि बढाएको जनाइएको छ ।




