मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा वैदेशिक रोजगारबाट लाभ मिल्नेछ । धार्मिक यात्राको रूपरेखा बन्नेछ । स्वास्थ्यलाई लिएर खानपानको विशेष ध्यान राख्नुहोला । साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ । शुभचिन्तकहरूको साथ र सहयोग मिल्नेछ । साताको अन्तिममा स्वास्थ्य प्रति सचेत रहनुहोला । विरोधीहरू कमजोरीको फाइदा उठाउन सक्रिय रहनेछन् ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा कार्यक्षेत्रमा नयाँ कार्य प्रारम्भ गर्ने समय रहेको छ । अनुकूल कार्य मिल्नाले मन प्रसन्न रहनेछ । साताको मध्यमा कार्य क्षेत्रमा प्रतिष्ठा जोगाउनको लागि संघर्ष गर्नुपर्ला । मेहनतले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । साताको अन्तिममा कार्य क्षेत्रमा प्रतिष्ठित कार्य गर्ने समय रहेको छ । नोकरी वा पेशामा राम्रो प्रभाव पर्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा धार्मिक वा सांस्कृतिक यात्राको रूपरेखा बन्नेछ । साहसिक निर्णय लिने समय रहेको छ । साताको मध्यमा पहिला गरेको कार्यहरूबाट लाभ प्राप्त हुनेछ । आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुटाउन सक्नुहुनेछ । साताको अन्तिममा प्रियजनहरूसँग रमाइलो भेटघाटले मन प्रसन्न रहनेछ । समाजको सामूहिक कार्यमा नेतृत्व गर्नुपर्ला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा उच्च शिक्षाको लागि नयाँ अवसर प्राप्त हुनेछ । साहित्य वा लेखन कलामा निखार आउनेछ । साताको मध्यमा पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । कानुनी मुद्दा मामिलाहरूमा सफलता मिल्नेछ । साताको अन्तिममा व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायक रहनेछ । शेयर बजारबाट धन आर्जन गर्न सकिनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा पुरानो कुरालाई लिएर परिवारसँग मनमुटाव हुन सक्छ, सचेत रहनुहोस् । चिताएको कार्य सम्पादन हुन गाह्रो हुनेछ । साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ । समस्या दर्शाउँदा सहयोगी जनहरूले साथ दिनेछन् । साताको अन्तिममा श्रम धेरै परेपनि कार्य क्षेत्रबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ । पिताको साथ र सहयोगले मन प्रसन्न रहनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ मिल्नेछ । समाजमा प्रतिष्ठित कार्य प्रारम्भ गर्न सकिनेछ । साताको मध्यमा कार्य क्षेत्रमा सहयोगी वर्गहरूले सोचेजस्तो सहयोग नदेलान् । विश्वासपात्रबाट धोखा मिल्न सक्छ, सचेत रहनुहोस् । साताको अन्तिममा धर्म कर्ममा रुचि बढ्नेछ । स्वरुचीको कार्य मिल्नाले मन आनन्दित रहनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा मान सम्मानमा वृद्धि हुनेछ । कार्य क्षेत्रमा प्रभाव बढ्नेछ । साताको मध्यमा विद्यार्थीहरुलाई रचनात्मक र कलात्मक क्षेत्रमा सफलता मिल्नेछ । नोकरी वा पेशामा आयका नयाँ स्रोतहरू बन्नेछन् । साताको अन्तिममा व्यापार व्यवसायमा नयाँ प्रतिद्वन्दीहरू बढ्नेछन् । कार्य क्षेत्रमा सीनियर वा जुनियरको सहयोग मिल्नेछ । कमिसन वा साझेदारीमा कार्य गर्नेहरूलाई यो समय चुनौतीपूर्ण रहनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा पिताको कार्यक्षेत्रमा प्रगतिले मन प्रसन्न रहनेछ । कारोबारको विस्तारको लागि दीर्घकालीन योजनाहरू बन्नेछन् । शेयर बजारतिर निवेश गर्दा जानकारको सल्लाह अवश्य लिनुहोस् । वैदेशिक शिक्षाको लागि गरिएको योजनाहरू सफल रहनेछन् । साताको अन्तिममा विद्यार्थी वर्गहरूको तर्कशक्तिमा वृद्धि हुनको साथै पढाइमा मन लाग्नेछ । नयाँ नोकरीको खोजमा सफलता प्राप्त हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा धैर्य र पराक्रममा वृद्धि हुनेछ । चासो लाग्ने कार्यमा मन लाग्नेछ । साताको मध्यमा कार्य क्षेत्रमा नयाँ उपलब्धि हासिल भएतापनि जिम्मेवारी बढ्नेछ । योग्यताको उचित मूल्यांकन हुनेछ । साताको अन्तिममा आसमर्दो कार्य बन्नाले अरु कार्यतर्फ अग्रसर भइनेछ । आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन् ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा सञ्चित धनमा वृद्धि हुनेछ । बेरोजगार हुनुहुन्छ भने मनचाह नोकरी वा रोजगार मिल्ने सम्भावना रहेको छ । साताको मध्यमा कुनै विशेष व्यक्तिबाट उपहार मिल्न सक्छ । घर परिवारमा मांगलिक कार्यमा सम्मिलित हुने अवसर मिल्नेछ । साताको अन्तिममा आर्थिक कारोबारलाई लिएर छोटो मिठो यात्रा गर्नुपर्ला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ । नयाँ कार्यको थालनीमा विशिष्ट व्यक्तिहरूको सल्लाह लिनुहोस् । साताको मध्यमा प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याएर गर्नुपर्ला । नोकरी वा पेशामा प्रभाव बढ्नेछ । साताको अन्तिममा स्वास्थ्य वा आहारविहारमा सजग रहनुहोस् । मन मिल्दो साथी भेट्नुको साथै प्रेम र मित्रताको बन्धन कसिनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा कार्य क्षेत्रमा नयाँ योजनाहरू क्रियान्वित गर्न सक्नुहुनेछ । भाइबहिनीहरूको सहयोग मिल्नाले पारिवारिक वातावरण सुखमय रहनेछ । साताको मध्यमा काममा व्यस्तता रहनुपर्ने हुन्छ । मेहनत र लगनले रोकिएका कार्य सम्पादन हुनेछन् । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको अन्तिममा कार्य क्षेत्रमा आफ्नो योग्यता देखाउने अवसर मिल्नेछ । धन सम्बन्धित मामलामा लाभ रहनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।




