काठमाडौं । गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत ‘मायाको व्यापार २’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द तथा संगीत रहेको छ भने विशाल निरौलाले संगीत संयोजन गरेका छन् ।
गीतको भिडियोलाई केआईडी मिडियाले सार्वजनिक गरेको हो । विक्रम चौहानको निर्देशन रहेको भिडियोमा विक्रम बुढाथोकी र रिना गुरुङको अभिनय देख्न सकिन्छ ।
भिडियोको छायांकन बुद्ध थापाले गरेका छन् भने सम्पादन मिलन विश्वकर्माले गरेका हुन् । गीत प्रेम र सम्बन्धको कथा बोकेको छ, जसलाई दर्शकहरूले मन पराउने अपेक्षा गरिएको छ ।






