कुलमान छेउ लाउँदै
अँध्याराले मलिन तुल्याउन
मखोजियो उज्यालो नेपालको अस्तित्व
ऊ त कुनै आँधी होइन
न त कुनै बाढी
तर किन डराउँछ यो विशाल
गणतान्त्रिक सरकार
कुलमानका ओझेल परेका
पाइला खोज्न ?
ऊ त बिहानको उज्यालो हो
तर किन उसलाई
सन्ध्याकालको छायाँले ढाक्न खोज्यो
किन समयको निर्मम हातले
बाँध हाल्छ बाटैमा ?
जनमनको मौनता
आकाशभरि गर्जन खोज्छ
आँखाले बिजुलीझैँ चम्किन चाहन्छ
त केवल उज्यालो
नेपाल खोज्दै
अझ गहिराइमा हराउन
खोज्छ समय
हामी एक हौ
भनि देखाउन
खोज्छ समय
उज्यालो नेपालका
वैरीहरूलाई ।
सबैले उसलाई फुल भन्छन्
तर वैरी काडा देख्छ ।
र त उज्यालोको जरा खोतल्छ
जनमन अझै गाड्न चाहन्छ
धरतीका साससँग
आफ्नै उद्गारको ज्वालाझैँ
अब उ झनै उभिनु पर्छ
पहाडझैँ अडिग
हिमाल झै अटल
तराईका विशाल फाट झै
छाती लिएर
अब कुलमानहरू बग्नु पर्छ — नदीझैँ अविरल
हर जनमनको स्वर
अब चुँडिने छैन
तिम्रो उज्यालो नेपालको
अभियान रोकिने छैन
कुलमानहरू झन अब उड्नूपर्छ
अन्तरिक्षको शून्यतासम्म
उज्यालो नेपालको अभियानको
राको बोकेर
सुनिता विलियम्सका
पाइला पछ्याउँदै
ज्ञात अज्ञात विचौलीया चिन्दै
उनीहरूको गुरुत्वाकर्षण तोड्न
नेपाली जनमनको स्वर
नेपालको सीमा मात्र होइन
अब विश्वभरको
उज्यालाको परिभाषा बदल्नुपर्छ,
एउटा नाद बन्नुपर्छ,
एक स्वर गर्जन गर्नुपर्छ
होइन मात्र नेपालभित्र
अनन्त आकाशमा
उज्यालो नेपालको
अभियानमा
सयौं, हजारौ कुलमान
जन्मनुपर्छ ।




