मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा मानसम्मानमा वृद्धि हुनेछ, साथै नयाँ कार्य हात लाग्नेछ । साताको मध्यमा व्यापार व्यवसायमा बोलीको प्रभावले कार्यसिद्ध गर्न सकिनेछ । बच्चाहरूसँग मनोरञ्जनात्मक समय बित्नेछ । साताको अन्तिममा साहसिक कार्य गर्ने समय रहेको छ । विद्यार्थी वर्गहरूको पठनपाठनमा मन लाग्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा वैदेशिक रोजगारमा लाभ मिल्नेछ । सवारी साधनमा धन खर्चका योग छन् । स्वास्थ्य प्रतिकूल रहनेछ । साताको मध्यमा कानुनी समस्याहरू सुल्झाउनमा सफल भइनेछ । व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । साताको अन्तिममा आफन्तहरूको बीच रमाइलो समय बित्नेछ । नयाँ पहिरन आदिले व्यक्तित्वमा निखार आउनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा शेयर बाजारबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ । व्यापार व्यवसायमा शुभचिन्तकहरूको सल्लाह मान्नुहोस् । साताको मध्यमा कार्य क्षेत्रमा श्रमको उचित मूल्यांकन नमिल्ला । दाम्पत्य जीवनमा वादविवाद बढ्नेछ । साताको अन्तिममा सामाजिक दायित्वको निर्वहनमा खर्च बढ्नेछ । नयाँ व्यापारिक अनुबन्धहरू लाभदायी रहनेछन् ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला । व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ । साताको मध्यमा पायक स्थानमा भ्रमणका योग छन् । कार्यक्षेत्रमा आम्दानी बढ्नुको साथै उत्साह जाग्नेछ । साताको अन्तिममा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोस् । उच्च शिक्षालाई लिएर विदेशतिर ताक्नेहरूलाई शुभ सूचना मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा धर्मकर्ममा मन जानेछ । व्यापारमा राम्रो फड्को लगाइनेछ । साताको मध्यमा कीर्तिमान कार्य गर्ने अवसर मिल्नेछ । कार्य क्षेत्रमा नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ । साताको अन्तिममा श्रमको उचित मूल्यांकन मिल्नेछ । राजनीति वा नोकरी क्षेत्रमा प्रसिद्धि बढ्नेछ । विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । नयाँ नोकरी हात लाग्नेछ । साताको मध्यमा दाम्पत्य जीवनमा जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन् । साताको अन्तिममा सकारात्मक सोचले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ । कानुन विपरीत कार्य नगर्नुहोला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा साझेदारि व्यापारबाट लाभ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ । साताको मध्यमा बोलिको विपरित अर्थ लाग्नेछ । कार्य क्षेत्रमा नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोला । साताको अन्तिममा स्वास्थ्य अनुकूल रहनेछ । दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ । पारिवारिक सद्भाव बढ्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा शिक्षाको क्षेत्रमा विशेष सफलता मिल्नेछ । कार्य क्षेत्रमा प्रतिष्ठा जोगाउन गोपनीयताको ध्यान राख्नुहोला । साताको मध्यमा राजकीय व प्रशासनिक क्षेत्रबाट लाभ प्राप्त गर्न सकिएला । स्वास्थ्यको ध्यान राख्नुहोस् । साताको अन्तिममा व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायक रहनेछ । चुनौतीहरूको सामना गर्ने समय रहेको छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा कार्य क्षेत्रमा नचाहेर पनि सम्झौता गर्नुपर्ला । कार्यक्षेत्रमा अरुको विवादास्पद समस्या निम्त्याउनु पर्ला । साताको मध्यमा प्रेम र मित्रताको बन्धन कसिनेछ । नोकरी वा पेशामा आफ्नो कार्य कुशलताले अरुलाई आकर्षित गर्न सक्नुहुनेछ । साताको अन्तिममा वित्तीय र सहकारी संस्थाबाट लाभ मिल्ला । मेसो नमिल्दा कार्यक्षेत्रमा पछाडि पर्नुहुनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा पराक्रममा वृद्धि हुनेछ । शुभचिन्तकहरूको सुझाभवलाई बेवास्था गर्दा दु:ख पाइएला । साताको मध्यमा कार्यक्षेत्रमा प्रभाव बढ्नुको साथै नयाँ जिम्मेवारी मिल्नेछ । प्रशासनिक क्षेत्रबाट सहयोग मिल्नेछ । साताको अन्तिममा प्रतिद्वन्दीहरू आफै परास्त हुनेछन् । लगनशीलताले कार्यक्षेत्रमा दिगो फाइदा हुनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा मान प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन् । साताको मध्यमा आकस्मिक धन लाभ हुनेछ । पारिवारिक समस्या सुल्झाउनमा समय बित्नेछ । साताको अन्तिममा कृषि वा पशुपालनबाट मनग्य लाभ प्राप्त गर्न सक्नुहुनेछ । रुचि अनुरुपको कार्यगर्नमा सफल भइएला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भ सफलतादायक रहनेछ । आकस्मिक धन लाभ हुनेछ । नोकरी वा पेशामा उच्च पदस्थ अधिकारीहरूको सहायता मिल्नाले अप्ठ्यारो काम समयमा सम्पादन हुनेछ । साताको मध्यमा वैदेशिक रोजगारबाट लाभ मिल्नेछ । विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि नयाँ अवसरहरू मिल्नेछन् । साताको अन्तिममा कार्यक्षेत्रमा हजुरको निर्णयको प्रशंसा हुनेछ । उद्योग व्यापारमा थप लगानीबाट लाभ पाउन सकिनेछ । पुलिस र प्रशासनिक क्षेत्रमा पदोन्नतिका योग छन् ।




