१. हिजोका आर्थिक अवधारणामा विश्व पुन: फर्किदै छ । अन्य क्षेत्रको साथ साथै विशेष गरेर आर्थिक संरक्षणबादको युग सुरुवात हुँदैछ । अमेरिकन कञ्जरबेटिभ पार्टीको अहिलेको सशक्त उदय यसैको जगमा उभिएको हो भनेर भन्न सकिन्छ ।
२. आर्थिक उदारवादले अमेरिकादेखि नेपाल जस्ता देशहरूबाट उद्योगहरु विस्थापित भए र केही हदसम्म टाट पल्टिए । महाशक्ति राष्ट्र अमेरिकन अर्थतन्त्र संकटमा पर्न सक्ने दिशामा अगाडि बढिरहेको छ ।
३. विज्ञान र प्रविधी हाम्रो हो । खुद्रा व्यापार तिमीहरूले गर्नु भन्ने अहमलाई चिनियाँ औद्योगिक युगले विश्वका मै हुँ भन्ने राष्ट्रहरूलाई धरापमा पारिसकेको छ । चिनियाँ नीति विश्वको लागि कहालीलाग्दो चुनौती भएर अगाडि बढिरहेको छ । जसलाई रोक्ने उपाय भनेको सम्पूर्ण क्षेत्रमा उसको बिरुद्दको युद्द हो । ठीक यही समयमा डोनाल्ड ट्रम्प को आर्थिक सामाजिक तथा सांस्कृतिक संरक्षण बाद पुन: सुरु भएको छ । अर्थात् नयाँ युगको प्रारम्भ गर्न चाहन्छन् उनी । फलस्वरूप: आर्थिक अवधारणामा पनि परिवर्तन आइसकेको छ । यही कारण दैनिक रूपमा उनका नयाँ नयाँ कदमहरू अगाडि आएको देख्न सकिन्छ ।
४. यता नेपालमा पनि सरकारी र अर्ध सरकारी लगभग सम्पूर्ण उद्योग धन्दाहरु बन्द भए । उदारवादको नीति अन्तर्गत नेता मन्त्रीले सरकारी उद्योग बेचेर समेत कमिशन आफैले खाए ! अझ यति सम्मकी उद्योग बेचेर आएको पैसा नेपाल राज्यको ढुकुटीमा जम्मा गर्नु पर्ने थियो । तर व्यापारीसँग मिलेर उद्योग बेचेको पैसा नेता तथा मन्त्रीले आफैले समेत बुझे । उदाहरण हो, भृकुटी कागज कारखाना । त्यो उद्योग बेचेको रकम अहिलेसम्म नेपाल सरकारको ढुकुटीमा दाखिला गरिएको छैन । यस्तो घटना सायद विश्वमा कतै भएन होला !
अर्को तर्फ, बेचेर बद्नाम हुनुभन्दा सुटुक्क कमिशन खाएर नाफामा चलीरहेको उद्योगलाई बन्द मात्र गराउने गरिरहेका छन् । त्यसको पछिल्लो उदाहरण सिमेन्ट कारखाना र जनकपुर चुरोट कारखाना हो ।
५. तर पनि उदारवादको नाममा निजी क्षेत्रको लगानीमा निर्मित उद्योगहरु समेत दैनिक रूपमा क्षीण हुँदै गइरहेका छन् नेपालमा । यसलाई पुन: औद्योगिक युगमा प्रवेश गराउन नेपालले अब कुन नीति अक्तियार गर्ने होला ?
६. नेपालमा बहुदल आएपछि विशेष गरी राम शरणको अर्थ नीतिले अहिलेसम्म देशलाई लतारिएको थियो । तर अब के हुन्छ ? यही नीति यथावत रहिरन्छ ? वा नयाँ नेता, नयाँ पार्टी र नयाँ आर्थिक नीतिका साथ नयाँ नेपालको युग सुरु हुन्छ केही भन्न सकिने लक्षण छैन अझै ।
७. नेपालले आर्थिक उदारवादको नीति त्यागेर औद्योगिक संरक्षण बादको युगमा प्रवेश गर्नु आवश्यक छ । यसले नेपाललाई वास्तविक रूपमा बलियो दिगो र समृद्ध बनाउन मद्दत गर्छ । अर्थतन्त्रको मेरुदण्ड यसलाई बनाउन जरुरी छ । अहिले देखि त्यो नीति अन्तर्गत बिस्तारै भए पनि काम सुरु गरे राम्रो हुने थियो । तर कसले सुरु गर्ने ? कुन अर्थविद् वा अर्थ समुह वा पार्टी वा सरकारले ? कुनै कुराको लक्षण देखिँदैन ।
८. बरु आठ कक्षा पास गरेका दुर्गा प्रसाईंले संरक्षणबाद को अभियान चलाएको दुई वर्ष भयो । उनले उठाएका मुद्दाहरू र उनले नै प्रस्तुत गरेका समाधानका उपायहरू गलत छन् भनेर अहिलेसम्म नेपालको मै हुँ भन्ने कुनै अर्थ शास्त्री, अर्थबिद वा उद्योगी व्यापारीले सार्वजनिक रूपमा भनेको लेखेको सुनिएको छैन । पढ्न पाइएको छैन । कसैले भनेको वा लेखेको छ भने, त्यसको लिंक पठाउनु भयो भने आभारी हुने थिए ।
अस्तु ।




