काठमाडौं । नयाँ गीत ‘मनको घाउ’ सार्वजनिक भएको छ । यो गीतमा गायक भीमसेन श्रेष्ठ र गायिका साबित्री गौतमको सुमधुर स्वर सुन्न सकिने छ । गीतका शब्द अशोक कुमार सापकोटा र संगीत मदन सुफिक्सले तयार गरेका हुन् ।
मदन सुफिक्सको संगीत व्यवस्थापनमा र गोविन्द सोनीको मिक्सिङ र मास्टरिङमा गीत तयार भएको हो । गीतको भिडियोमा कास्टको रूपमा कल्पना घर्ती मगर र दिनेश मुस्कानले अभिनय गरेका छन् ।
भिडियोको निर्देशन आर्यन श्रेष्ठले गरेका छन्, र सिनेमाटोग्राफी मनोज मल्लले गरेका छन् । भिडियोको सम्पादन पनि आर्यन श्रेष्ठले गरेका छन् । मेकअप आर्टिस्ट अनिशा नानूले गरेकी छन् र पोस्ट प्रोडक्सन सेम्जोङ फिल्म्सबाट सम्पन्न भएको छ ।
गीतको भिडियो यूट्यूबमा ‘साबित्री गौतम अफिसियल’ च्यानलमा उपलब्ध छ ।






