मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा पारिवारिक सद्भावमा कमी आउनेछ । कार्य क्षेत्रमा सहयोगीहरू जुट्नाले रोकिएको काम बन्नेछ । साताको मध्यमा सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । नसकिने वाचा कसैसँग नगरौं । साताको अन्तिममा सवारी साधन चलाउँदा सावधान रहनुहोला । प्रतियोगी परीक्षामा सफलता मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा सन्तानको प्रगति देखेर मन उत्साहित रहनेछ । कार्य क्षेत्रमा शुभचिन्तकहरूको सहयोग मिल्नेछ । साताको मध्यमा विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ । कार्य क्षेत्रमा श्रमको मूल्यांकन हुनेछ । खानपानमा सजगता अपनाउनुहोस् । साताको अन्त्यमा दाम्पत्य जीवन सुमधुर रहनेछ । व्यापार व्यवसायमा लाभ रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा बोलीको प्रभावले रोकिएका कामहरू बन्नेछन् । संगीतमा र कलाको क्षेत्रमा रुचि बढ्नेछ । साताको मध्यमा साहसिक कार्य गरेर आफूलाई चिनाउन सक्नुहुनेछ । प्रतिष्ठित कार्य गर्ने अवसर रहेको छ । साताको अन्तिममा व्यापार व्यवसायमा गोपनीयताको ध्यान राख्नुहोला । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा मान सम्मानमा वृद्धि हुनेछ । व्यापारिक यात्रा लाभदायी रहनेछ । धेरै बोल्ने बानीले समस्या निम्त्याउँन सक्ला । कार्य क्षेत्रमा नयाँ कार्यको थालनी हुनेछ । साताको मध्यमा विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ । साना बच्चाहरूको स्वास्थ्य प्रति सचेत रहनुहोस् । साताको अन्तिममा धेर्य र पराक्रममा वृद्धि हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा वैदेशिक रोजगारबाट लाभ मिल्नेछ । स्वास्थ्यलाई लिएर सावधान रहनुहोस् । साताको मध्यमा प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । आस मरेको काम बन्नाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ । साताको अन्तिममा धनको अभावले चिताएको कार्य सम्पादन गर्नमा बाधा आउन सक्छ । सानो प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा अरूलाई प्रभावित पारेर लोकप्रियता हासिल गर्न सकिनेछ । शेयर बजारबाट लाभआर्जन गर्न सकिएला । साताको मध्यमा सवारी साधनमा धन खर्चको योग छ । अरुको लागि श्रम वा बुद्धि खर्च गर्नुपर्ला । साताको अन्त्यमा राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ । साहसिक कार्य गर्ने समय रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा कार्य क्षेत्रमा अधिकारीहरूबाट प्रशंसा पाइएला । व्यापार व्यवसायमा आफन्तहरूको साथ र सहयोग मिल्नेछ । साताको मध्यमा पारिवारिक समस्याले धन खर्चका योग छन् । विद्यार्थीहरूलाई गुरुजनहरूको सहयोग मिल्नेछ । साताको अन्त्यमा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि सादा भोजनको सेवन गर्नुहोस् । आयआर्जनको लागि संघर्ष गर्नुपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा धर्म कर्ममा मन लाग्नेछ । उच्च शिक्षाको लागि नयाँ अवसरहरू मिल्नेछ । साताको मध्यमा पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । कार्य क्षेत्रमा कार्यलाइ टाल्नुभन्दा सम्पादन गर्नमा विश्वास राखौं । साताको अन्त्यमा धन लाभका विभिन्न अवसरहरू प्राप्त हुनेछन् । साहित्य वा कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा बोलीको विपरीत अर्थ लाग्नेछ । राजनीतिक वा प्रशासनिक क्षेत्रको कार्यमा बाधा आउनेछ । साताको मध्यमा मित्रहरूबाट रोकिएको कार्य बन्नेछ । प्रियजनहरूसँग भेटघाट वा यात्राका योग बन्नेछन् । साताको अन्तिममा व्यापार व्यवसायमा गरिएको कार्यको प्रशंसा हुनेछ । आर्थिक कारोबार राम्रो रहनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ मिल्नेछ । कानुनी मामलाहरूमा पक्ष मजबुत हुनेछ । साताको मध्यमा नयाँ कार्यको जग बसाउनको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस् । धार्मिक कार्यक्षेत्रमा कार्य सम्पादन गर्न गाह्रो हुनेछ । साताको अन्तिममा मनोबलमा वृद्धि हुनेछ । कार्य समयमा सम्पादन गर्न सकिनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा पहिला गरिएको कार्यबाट राम्रो आम्दानी मिल्नेछ । कृषि वा पशुपालनबाट मनग्य धन लाभ हुनेछ । साताको मध्यमा भौतिक संसाधन जुटाउन सकिएला । दाम्पत्य जीवन सुमधुर रहनेछ । साताको अन्तिममा व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस् । अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन सक्लान् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा भावनात्मक सम्बन्ध मजबुत हुनेछ । कार्य क्षेत्रमा दोहोराएर कार्य गर्दा लाभ हुनेछ । साताको मध्यमा सहकारी वा वित्तीय क्षेत्रबाट लाभ मिल्नेछ । सहनशीलताले लक्ष्यमा पुग्न गाह्रो नहोला । साताको अन्त्यमा आँनलाइन लेनदेन होस् पुर्याएर गर्नुहोस् । साहस र पराक्रमले शत्रुहरू पराजित हुनेछन् ।




