मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा वित्तीय र सहकारी संस्थाबाट लाभ मिल्नेछ । प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । साताको मध्यमा व्यापार र उद्योगमा फाइदा हुनेछ । नोकरी वा पेशामा पहिला लिएका निर्णयहरू पदोन्नतिमा सहायक हुनेछ । साताको अन्तिममा स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । आकस्मिक धन लाभका योग छन् । धार्मिक यात्रा लाभदायी रहनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा आफन्तहरूबाट सोचेजस्तो सहयोग नमिल्ला । प्रेम सम्बन्ध सुमधुर रहेको छ । विद्यार्थीहरूको तर्कक्तिमा वृद्धि हुनेछ । साताको मध्यमा पुरुषार्थी कार्यले यश बढ्नेछ । नोकरी वा पेशामा अनुभवको फाइदा लिन सकिएला । साताको अन्तिममा साझेदारी व्यापारबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । स्वास्थ्यले सबल रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा इच्छाशक्ति वा लगनशीलताले कार्यक्षेत्रमा सफलता मिल्नेछ । घरको विभिन्न कार्यमा समय व्यतीत हुनेछ । साताको मध्यमा व्यापार व्यवसायमा विरोधीहरू कार्यमा बाधक बन्नेछन् । विद्यार्थीहरूको करियरसँग जोडिएको समस्याको समाधान हुनेछ । साताको अन्तिममा यात्रा गर्दा नचिनेको व्यक्तिमाथि छिट्टै विश्वास नगर्नुहोस् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा महत्वकांक्षी योजनाहरू गोप्य राख्दा फाइदा मिल्नेछ । मेहनत गर्दा समय अनुसार लक्ष्य प्राप्ति हुनेछ । साताको मध्यमा नोकरी वा पेशामा अति आत्मविश्वास हानिकारक रहनेछ । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । साताको अन्तिममा तारिफ योग्य कार्य गरेर समाजमा प्रतिष्ठा बढाउन सक्नुहुनेछ । विद्यार्थीहरूलाई पठन पाठनमा मन लाग्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा सम्बन्धमा चलिरहेको वादविवाद सुल्झिनेछ । कार्य क्षेत्रमा बोलिको माध्यमले कार्य सिद्ध हुनेछ । साताको मध्यमा धैर्य र पराक्रममा वृद्धि हुनेछ । आफूभन्दा साना भाइबहिनीहरूको साथ र सहयोग मिल्ला । साताको अन्तिममा स्वास्थ्य कमजोर हुनाले सोचेको उपलब्धि पाउन गाह्रो हुनेछ । श्रमको उचित प्रतिफल नमिल्ला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा आर्थिक सुधारका प्रयासहरू सफल हुनेछन् । नोकरी वा पेशामा योग्यताको मूल्यांकन हुनेछ । साताको मध्यमा सञ्चित धनमा वृद्धि हुनेछ । परिवारबाट सोचेजस्तो सहयोग नमिल्ला । साताको अन्तिममा व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ । कार्य क्षेत्रमा अधिकारिहरूबाट सहयोग मिल्ला । सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा वैदेशिक रोजगारबाट विशेष लाभ प्राप्त हुनेछ । सवारी साधनमा धन खर्चका योग छन् । साताको मध्यमा नोकरी वा पेशामा योग्यताको उचित मूल्यांकन हुनेछ । कार्य क्षेत्रमा नयाँ कार्यको प्रस्ताव मिल्नेछ । साताको अन्तिममा व्यापार व्यवसायमा बोलीले अरुलाई प्रभावित गर्न सक्नुहुनेछ । अरुलाई सल्लाह दिनदेखि बच्नुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा मान प्रतिष्ठामा वृद्धि हुनेछ । सामाजिक परिपेक्षमा नयाँ दायित्व मिल्नेछ । साताको मध्यमा कार्यक्षेत्रमा बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा मन नलाग्ला । साताको अन्तिममा रमाइलो जमघटको बीचमा स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । नौकरी वा पेशामा भावनामा आएर निर्णय नलिनुहोला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा चिकित्स्या वा कृषिको क्षेत्रबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ । कार्य क्षेत्रमा पिताको सहयोग मिल्नेछ । साताको मध्यमा पौष्टिक भोजनको सेवन गर्नुहोस्, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुनेछ । भौतिक संसाधन जुटाउन सक्नुहुनेछ । साताको अन्तिममा अरुको झैँ झगडा सुल्झाउन अगाडि नबढ्नुहोला ।सवारी साधन चलाउँदा सावधान रहनुहोस् ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा नोकरी वा पेशामा पदोन्नतिका योग छन् । कार्य समयमा सम्पादन हुनाले मन आनन्दित रहनेछ । साताको मध्यमा शेयर बाजारबाट मनग्य लाभ प्राप्त होला । विद्यार्थीहरूलाई मार्केटिंग क्षेत्रमा नयाँ अवसर मिल्नेछ । साताको अन्तिममा अरुका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला । स्वाभिमानको लागि संघर्ष गर्नुपर्ला । सवारी साधनमा धन खर्च गर्नुपर्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सत्ताको प्रारम्भमा पुरानो कुराले परिवारसँग मनमुटाव रहनेछ । स्वास्थ्यमा ध्यान राख्नुहोस् । चिताएको कार्य सम्पादन हुन गाह्रो हुनेछ । साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ । समस्या दर्शाउँदा सहयोगी जनहरूले साथ दिनेछन् । साताको अन्तिममा श्रम धेरै परेपनि कार्यबाट राम्रो लाभआर्जन गर्न सकिनेछ । धर्मकर्ममा आस्था बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा समाजसेवा वा राजनीतिमा जोडिएका व्यक्तिहरूको मान सम्मान बढ्नेछ । कार्य क्षेत्रमा योजनाबद्ध तरीकाले कार्य गर्नुहोस् सफलता पाइनेछ । साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । विद्यार्थीहरूलाई पढाइलाई लिएर वैदेशिक यात्राको मार्ग प्रशस्त हुनेछ । साताको अन्तिममा व्यापार व्यवसायमा लाभ रहनेछ ।




