काठमाडौं । छोटा पहिरनका कारण नराम्रा प्रतिक्रियाको शिकार भएकी अभिनेत्री प्रियंका कार्कीको सारीवाला तस्वीरमा प्रशंसाको ओइरो लागेको छ । उनकाे पहेँलो सारीवाला लुक्स धेरैले मन पराएका छन् । कतिले त यो जोडीलाई ‘कलियुगको मुना-मदन’ समेत भनेका छन् ।
प्रियंकाले छिट्टै आफ्नो पहिलो सन्तान जन्माउँदैछिन् । उनको ‘बेबी बम्प’ का तस्वीरले वाक्क भएका दर्शकले पनि अहिले प्रसंसा गरिरहेका छन् । उक्त तस्वीर प्रियंकाको परिवारले आयोजना गरेको दही चिउरा कार्यक्रमको हो । आयुष्मानले पनि पहेँलो कपडा लगाएको तस्वीरमा देख्न सकिन्छ । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रियंका जोडीको प्रसंसा गर्दै लेखेका छन् – ‘कलियुगका मुना र मदन । भित्री कस्तो छ कुन्नी थाहा भएन तर बाहिरी हरेक कृयाकलाप हेर्दा चाहिँ यो जोडीको डाहा लागेर आउँछ ।’
यस्तै अर्का प्रयाेगकर्ताले भनेका छन्- ‘मैले पनि सबैको श्रीमान यस्तै माया गर्ने, हरेक कुरा साथ दिने हुन्छन् होला भन्ने सोचेको थिएँ तर सबैको श्रीमान् आयुष्मान जस्तो र सबै श्रीमती प्रियंका जस्तो भाग्यमानी कहाँ हुँदा रहेछन् र ? सधैँ यस्तै माया देख्न पाम ।’
सुरूमा नराम्रा प्रतिक्रिया दिनेले पनि सारी लगाएर संस्कार बचाएकाे भन्दै प्रसंसा गरेका छन् – ‘हाे यसरी पेटकाे बच्चालाई ढपक्क ढाक । साडी लगाउ । तिमी नेपाली महिला हाै, थाेरै लजाउ थाेरै संस्कार पनि राख, परम्परा पनि पालना गर । चटक देखाउन बन्द गर । अनि हामीले पनि राम्रो भन्न पाउँछाैँ । साडी लगाउँदा नि तिमी गर्भवती छाै भन्ने थाहा हुँदाे रहेछ त, दुनियाँ नखरै गर्नुपर्ने थिएन नि !’
कसैले भने सारी पहिरनमा पनि उनीकाे भद्दा मजाग उडाएका छन् । यद्यपी प्रियंकालाई नकारात्मक प्रतिक्रियाले पनि असर गर्दैन, उनले यसअघि नै सो कुरा बताइसकेकी छिन् । प्रतिक्रिया जस्तोसुकै भएपनि आफैँलाई फाइदा पुग्ने उनको तर्क थियो ।
हेराैँ केही प्रतिक्रिया :
– ‘आज म पूरा सम्मानका साथ तपाईंभित्र पनि नेपाली नारिको अस्तित्व लुकेको रहेछ भन्ने घोषणा गर्न चाहन्छु, हार्दिक बधाई छ तपाईँलाई ।’
– ‘सबैको भाग्यमा उसको जस्तो बुढा माया गर्ने, परिवार अनि खुशीका पलहरू कहाँ लेखिएको हुन्छ र ? आरिसले जलेर मरेका होलान् पुरानो विचार धाराको मान्छेहरु ।’
– ‘सारै सभ्य अनि सुशील तस्वीर धेरै धेरै बधाई । यस्तै यस्तै सभ्य तस्वीरहरुको अपेक्षा दिदी ।’
– ‘बल्ल नेपाली हिराेइन प्रियंका हौ तिमी ।’
– ‘हुन त हिजो अस्ति पनि नराम्रो त होइन तर आज चाहिँ एकदम राम्री देखिएकि छौ दिदि ! शुभकामना !!’
– ‘संसारकै सबैभन्दा भाग्यमानी जोडी ।’






