एजेन्सी । बलिउड चलचित्र ‘बैजू वावरा’ का लागि श्रीमान् रणवीर सिंह छनाैट हुँदा दीपिका भने आउट भएकी छिन् ।
बलिउडका सफल निर्देशक संजयलिला भन्सालीले निर्माण गर्न लागेकाे उक्त चलचित्रमा रणवीरकाे बराबरीकाे पारिश्रमिक माग गरेपछि उनी आउट भएकाे भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । रणवीर भने फाइनल भइसकेका छन् ।
चलचित्रका लागि नायिकाको रुपमा बलिउडकी सफल नायिका दीपिकालाई अफर गरिएको थियो । तर, दीपिकाले रणवीरकाे जति नै पारिश्रमिक माग गरेपछि उनी यो प्रोजेक्टबाट बाहिरिएको बताइएकाे छ । उनकाे क्षमता नायककाे बराबरीकाे भएपनि निर्माणपक्ष उनलाई रणवीर बराबरको पारिश्रमिक दिन तयार छैन । यसैले, पनि उनी अब यो चलचित्रमा नरहने रिपोर्टमा उल्लेख छ ।
तर, यो बिषयमा चलचित्रको निर्माणपक्षले भने केही पनि प्रतिक्रिया दिएको छैन । दीपिका बाहिरिएपछि अब चलचित्रमा नायिका को होलिन् भन्ने दर्शककाे चासाेकाे विषय बनेकाे छ । बलिउडका सफल निर्देशक संजयलिला भन्सालीको ‘रामलीला’ नामक चलचित्रबाट नै नायक रणवीर कपुर र नायिका दीपिका पादुकोणको प्रेम सुरु भएको थियो । यो जोडीले संजयका हिट चलचित्रमा एकसाथ काम पनि गरेको छ ।






