सिराहा । सिराहाको लक्ष्मीपुरपतारी गाउँपालिका ६ सलोखरटोलमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीय धनबीर दासका पाँच वर्षीय छोरा राकेश कुमार दासको मंगलबार दिउँसो पोखरीमा नुहाउने क्रममा डुबेर गम्भीर अवस्थामा पुगेपछि प्रादेशिक अस्पताल लहानमा उपचारका लागि लगिएको थियो ।
तर उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । यस दु:खद घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




