बारा । जीतपुरसिमरा उपमहानगरपालिका २३ भलुहीस्थित एरोटेक सिलिन्डिर प्रालिको गोदाममा काम गर्ने क्रममा करेन्ट लागेर ४० वर्षीय गोविन्द चौधरीको मृत्यु भएको छ ।
कोल्हवी नगरपालिका ११ थस्कौल बस्ने चौधरीलाई मंगलबार बेलुकी करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनलाई तुरुन्तै नारायणी अस्पताल पर्सामा उपचारको लागि लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
त्यस्तै, करेन्ट लागेर अन्य एक जनाको अवस्था गम्भीर रहेको र सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।




