एजेन्सी । अभिनेता तथा निर्माता अनुष्का शर्मा र क्रिकेटर विराट काेहलीकि एक छाेरी छिन् । गत वर्ष मात्रै अनुष्काले पहिलाे सन्तानलाई जन्म दिएकि थिइन् । अनुष्का प्रेमका विषयमा प्रायः खुलेर कुरा गरिरहेकी हुन्छिन् भने विराट अलि रिजर्भ स्वभावका छन्, खासै खुल्दैनन् ।
सामाजिक सञ्जालमा अनुष्काको खुलेर तारिफ गर्ने विराटले पछिल्लाे पटक भने एक कार्यक्रममा नै प्रेमबारे चर्चा गरेका छन् ।
कार्यक्रममा उनले आफ्नो र अनुष्काको पहिलो भेटमा के भएको थियो भनेर खुलासा गरेका छन् । भारतीय क्रिकेटर दिनेश कार्तिकसँगको कुराकानीमा विराटले अनुष्कासँग पहिलो पटक भेट्दाको अनुभव सुनाएका हुन् ।
विराटका अनुसार पहिलाे भेटमा उनीहरूबीच प्रेम अंकुराएकाे थिएन । उनीहरुको सम्बन्ध साथीबाट सुरु भएको थियो ।
विराटले कुराकानीमा भनेका छन् – ‘म सबैसँग हँसीमजाक गर्छु । अनुष्कालाई पहिलो पटक भेट्दा पनि म उसैगरी मजाक गरिरहेको थिएँ । मैले त्यसरी जिस्किरहँदा अनुष्का चकित खाएकी थिइन् । त्यतिबेला अनुष्काले उनीसँग यसरी मजाक गर्ने म पहिलो व्यक्ति हो भनेकी थिइन् ।’
सुरुको दिनमा दुवै जना एकअर्कासँग खुलेर बोलेको भएर नै उनीहरु चाँडै नजिक भएको विराटले बताए । ‘यदि मेरो बुबा अहिले हामीसँग हुनु भएको भए उहाँले आफ्नो नातिनी भामिकासँग खुसी साट्न पाउनु हुन्थ्यो र उनलाई आशीर्वाद पनि दिनु हुन्थ्यो । बुबालाई भामिकासँग देख्न पाउने मेरो इच्छा अधुरै रह्यो’, कार्यक्रममा उनले आफ्नो पीताको पनि स्मरण गरेका छन् ।
अनुष्का र विराट सन् २०१७ मा वैवाहिक सम्बन्धमा बाँधिएका थिए । उनीहरुले सन् २०२१ को फ्रेबुअरी ११ मा आफ्नो पहिलो सन्तान भामिकालाई जन्म दिएका थिए । कतिपय प्रशंसकले विराट र अनुष्काको छोरीलाई ‘विरुस्का’ नामले चिन्ने गर्छन् ।






