सिराहा । सिराहाको अर्नमा गाउँपालिका ४ लक्ष्मीपुरमा एक दुःखद घटना घटेको छ । स्थानीय धर्मेन्द्र सिंह दनुवारकी २ वर्षीया छोरी यशोधा कुमारी सिंहको घर अगाडि रहेको नालामा डुबेर मृत्यु भएको हो ।
घटना बिहीबार दिउँसो भएको बताइएको छ । परिवारका सदस्यहरू घरको अन्य काममा व्यस्त रहेका बेला खेल्दै गरेकी बालिका नालामा पुगेको र त्यहीँ डुबेर गम्भीर अवस्थामा फेला परेको प्रारम्भिक जानकारीमा उल्लेख छ ।
बालिकालाई तत्काल उद्धार गरी स्वास्थ्य संस्थामा लैजाने प्रयास भएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।




