काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्क लगाउँदा अक्सिजनकाे कमि नहुने बताएकाे छ । मास्क लगाउँमा अक्सिजनमा कमि नहुने, नलगाएमा बरु कोरोना संक्रमित भने हुन सक्ने मन्त्रालयको भनाइ छ । कार्बनडाअक्साइडको मात्रा पनि बढ्दैन ।
मन्त्रालयले एक सूचना जारी गर्दै भनेकाे छ- ‘‘मास्क लगाउनाले शरीरमा न त अक्सिजनको मात्रा कम हुन्छ, न त कार्बनडाअक्साइडको मात्रा नै बढ्छ । अक्सिजन र कार्बनडाइअक्साइडका परमाणुहरु यति सुक्ष्म हुन्छन् कि तिनीहरु सजिलै हामीले लगाउने मास्क पार गर्न सक्दछन् । थुकका छिटाहरु भने तिनका तुलनामा धेरै ठुला हुन्छन् र मास्कले छेक्न सक्छन् ।’
मन्त्रालयका अनुसार मास्क लगाउँदा स्वास फेर्न कुनै समस्या हुँदैन । फोहोर र ओसिलो मास्क लगाउँदा भने स्वास फेर्न गाह्रो हुन्छ । कोरोना भाइरसबाट बच्नालाई सधैँ सफा र सुरक्षित मास्क लगाउन समेत मन्त्रालयले सर्वसाधारणलाई अनुरोध गरेको छ ।






