एजेन्सी । शिल्पा सेट्टीमाथि फेरि अर्को आरोप लागेको छ । उनीमाथि कराेडाैँकाे ठगीकाे आरोप लागेकाे हाे ।
लखनउकी ओमेक्स हाइट्स निवासी ज्योत्सना चौहानले त्यहाँकाे विभूतिखन्ड पुलिस स्टेशनमा शिल्पा र उनकी आमामाथि करोडौं रकम ठगी गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दर्ता गराएकि थिइन् । उनकाे उजुरीको आधारमा बुधबार प्रहरी उनको घर जुहु पुगेको हाे ।
प्रहरीले एक महिना अगाडि नै शिल्पालाई नोटिस पठाएको थियो । आयोसिस स्लिमिङ्ग स्किन सैलुन तथा स्पा वेलनेस सेन्टरको ब्रान्च खोल्ने भन्दै शिल्पा र उनकी आमा सुनन्दाको कम्पनीका मानिसहरुले करोडौंं रुपैयाँ ठगी गरेको आरोप लगाइएको छ । पैसा लिएर पनि शिल्पा र सुनन्दाले वाचा पुरा नगरेको आरोप छ ।
ज्योत्सनाको साथमा सम्झाैता गर्ने समयमा शिल्पा आयोसिस कम्पनीको प्रमुख र उनकी आमा निर्देशक रहेको बताइएको छ ।
शिल्पाका श्रीमान् राज कुन्द्रा पनि हिरासतमा छन् । पोर्नोग्राफीको मुद्दामा प्रहरीले उनलाई हिरासतमा लिएकाे हाे ।






