काठमाडाैं । अब राेजगारीका लागि दक्षिण काेरिया जाने नेपालीले पनि कोभिडविरुद्धको खोप सहजै पाउने भएका छन् ।
रोजगार वा अन्य सिलसिलामा दक्षिण कोरिया जान चाहने नेपालीलाई नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र सैनिक अस्पताल छाउनीमा खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भिसा र पार्सपोर्ट भने अनिवार्य लिएर जानुपर्नेछ ।
खोप लगाउन जाँदा मास्क लगाउन र भौतिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।







