काठमाडौं । जसको दिर्घायुकाे लागि व्रत बसिन्छ, उसले पनि आफ्नो लागि व्रत बसिदेओस् भन्ने हरेक नारीको चाहना हुन्छ । मोडल प्रिज्मा र प्रिन्सी खतिवडाले पनि यस्तै इच्छा जाहेर गरेका छन् ।
अन्तर्वार्ताका लागि एक कार्यक्रममा पुगेका उनीहरुले महिलाले महादेव जस्तो पति पाऊँ भनेर व्रत बसेपछि पुरुषले पनि पार्वती जस्तो पत्नी पाऊँ भनेर व्रत बस्नुपर्ने धारणा राखे । कसैलाई पाउनका लागि व्रत लिनुको कुनै औचित्य नरहेको प्रिन्सीले सुनाइन् !
यस्तै प्रिज्माले सानोमा व्रत बसेपनि अहिले आफू भोको पेट बस्न नसक्ने भन्दै बिहेपछि भने तीजको व्रत बस्ने बताइन् ।
यो वर्ष हरितालिका तीज भाद्र २४ गते परेको छ । तीजमा विवाहित महिलाले श्रीमानकाे दिर्घायुकाे लागि व्रत बस्छन् भने अविवाहित महिलाले असल श्रीमान् पाउऊँ भनेर व्रत बस्ने गर्छन् । याे दिन व्रत बस्दा मागेकाे पुरा हुनु विश्वास रहिआएको छ ।






