एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावत कहिले ड्रेस त कहिले बाेली कारण विवादमा आइरहन्छिन् । प्रसंसा भन्दा उनकाे आलोचना बढी हुने गर्छ । धेरैसँग उनकाे झगडा र लफडा समेत हुने गरेकाे छ । पछिल्लाे पटक पनि एक तस्वीरका कारण उनी चर्चामा छिन् ।
फिल्म धाकडको सुटिङ पूरा भएपछि भएको पार्टीमा कंगनाले लगाएको पहिरनका कारण उनको आलोचना भएको हो । उनले तस्वीरमा निकै पारदर्शी कपडा लगाएकी छिन् जसका कारण उनले ट्रोलका सामना गर्नु परेको छ ।
पहिरनका बारेमा प्रायः अरुलाई सुझाव, सल्लाह दिइरहने कंगना आफैँले यस्तो पहिरन लगाएको भन्दै आलोचना भएको हो । सामाजिक सञ्जालमा विदेश जानासाथ कंगनाले संस्कृति बिर्सिएको उनीहरूकाे आरोप छ । आलोचकहरुले कंगनाबाट यस्तो अपेक्षा नगरेको बताएका छन् । कंगनाको आगामी फिल्म धाकडमा उनी एजेन्ट अग्नीको भूमिकामा देखिनेछिन् ।






