एजेन्सी । अभिनेत्री निया शर्माको पछिल्लाे ब्रालेस फाेटाेसुट अहिले चर्चामा छ । निया क्रप ज्याकेट, रिब्ड जिन्समा निकै बोल्ड देखिएकि छिन् । ह्वाइट पिंक रंग उनलाई निकै सुहाएको छ । सामाजिक सञ्जालमा भाइरल उक्त तस्वीरकाे प्रसंसा र आलोचना दुवै भइरहेको छ ।
प्रसंसा र आलोचनासँगै उनी ट्राेल पनि भएकि छिन् । एक सामाजिक सञ्जाल प्रयाेगकर्ताले, भित्री वस्त्र लगाउन बिर्सनुभयाे ? भनेर प्रतिक्रिया राखेका छन् । अर्का एक प्रयोगकर्ताले तपाईँले त भिखारीलाई पनि पछाडि छोडिदिनुभयो भनेर मजाग उडाएका छन् ।
कसैले उनलाई कपडा लगाउन सल्लाह दिएका छन् भने कसैले उनले लुगा भिकारीबाट चोरेको भद्दा मजाग उडाएका छन् । अर्का एकले भने अभिनेत्री जति धनी हुँदै गएकी छिन् उति गरिब व्यवहार देखाइरहेकी पनि भनेका छन् ।
तर नियालाई भने यी आलोचनाले कुनै फरक परेको देखिँदैन ।
नियाका तस्वीरहरू :










