एजेन्सी । अनिल कपूरकी छोरी रिया कपूर आफ्नो प्रेमी करण बूलानीसँग विवाह गर्दैछिन् । उनीहरुले जुहूस्थित घरमा बिवाह गर्नेछन् । बिवाहमा दुवै परिवार बाहेक नजिकका आफन्त र साथीभाइ सहभागी हुनेछन् ।
करण बूलानी र रिया पछिल्लो १३ वर्षदेखि रिलेशनमा थिए । दुवैले कहिले पनि आफ्नो सम्बन्ध लुकाएनन् । सामाजिक सञ्जालमा करण र रिया साथ भएको कयौँ तस्वीर सेयर गरिरहेका छन् । साथै दुवैले आफ्नो प्रेम व्यक्त गर्दै आएका छन् । को हुन् त करण बूलानी ?
करण बूलानीको जन्म १९८२ मा भएको थियो । उनी एक निर्देशक र निर्माता हुन् । करणले आफ्नो करियरको सुरुवात विज्ञापनबाट सुरु गरेका थिए । २२ वर्षको उमेरसम्म करणले ५०० भन्दा बढी विज्ञापन निर्माणको काम गरिसकेका छन् ।
त्यसपछि उनी अष्ट्रेलियाको एक युनिभर्सिटीमा अध्ययनका लागि गएका थिए । त्यहाँ उनले फिल्म र टेलिभिजनमा पोस्ट ग्रेजुएसनको पढाइ पुरा गरे । उनको एक सर्ट फिल्मले न्युयोर्क सर्ट फिल्म फेस्टिबलमा बेस्ट फिल्म् अवार्ड जितेको थियो । भारत फर्किएपछि करणले पुनः विज्ञापन निर्देशन सुरु गरे । यसबाहेक उनले डकुमेन्ट्री पनि बनाउने गरेका छन् ।






