काठमाडाैं । अभिनेत्री ऋचा शर्माले लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ छाेड्ने भएकी छिन् ।
ऋचा आमा बन्ने मिति नजिकिएपछि उनले शो छाड्न लागेकी हुन् । उनी सेप्टेम्बर महिनामा आमा बन्दैछिन् ।
शोका निर्देशक विशाल भण्डारीका अनुसार, आउँदो साता ऋचा शोमा उपस्थित हुनेछिन् । त्यसपछि भने उनले याे शाे छाेड्ने छिन् । ऋचा आफैँले पनि यसबारे जानकारी गराएकी थिइन्, शनिबारकाे शाे मा ।
अहिले कमेडी च्याम्पियन टप ५ मा शो पुग्दै छ । सन्तोष पन्त, मनोज गजुरेल र प्रदिप भट्टराई भने शाे मा रहनेछन् ।






