काठमाडौं । गायक र संगीतकार सरोज लामिछानेले आफ्नो नयाँ गीत ‘लौरी बेतको’ सार्वजनिक गरेका छन् । गीतले संगीत प्रेमीहरूलाई आफ्नै मिठासिलो धुन र भावपूर्ण शब्दसहित आकर्षित गरेको छ । यस गीतमा स्वर सरोज लामिछाने र सारा लामा थिङले दिएका छन् भने गीत र संगीत सरोज लामिछानेले सिर्जना गरेका हुन् ।
संगीतको व्यवस्था राम कृष्ण थापाले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ कुमार राणा मगरले गरेका छन् । गीत मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो, रेकर्डिस्ट खुमन राणा मगर र सुमन राणा मगर हुन् ।
यस्तै सहायक संकलकको रूपमा सन्तोष लामिछानेले सहयोग पुर्याएका छन् । सम्पूर्ण अडियो र भिडियो सरोज लामिछाने अफिसियलबाट सार्वजनिक गरिएको छ । गीतको म्यूजिक भिडियोले आकर्षक कथा र नृत्य प्रस्तुत गरेको छ ।
भिडियोको निर्देशन तथा कोरियोग्राफी पारस बास्ताकोटीले गरेका छन्, सहायक निर्देशक निर्मल बास्ताकोटी हुन् । भिडियोमा पारस बास्ताकोटी र तुलसी खड्काले अभिनय गरेका छन् ।






