काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ भाइरस लामखुट्टेको टोकाइले नसर्ने स्पष्ट पारेको छ । मन्त्रालयले मंगलबार बिहान एउटा सामग्रीमार्फत हालसम्म लामखुट्टेको टोकाइले कोभिड-१९ भाइरस सर्न सक्छ भन्ने प्रमाण नभेटिएको जनाएको हो ।
कोभिड-१९ श्वासप्रश्वास सम्बन्धि भाइरस हो, मन्त्रालयले भनेको छ–‘यो भाइरस संक्रमित व्यक्तिले खोक्दा वा हाँच्छुयुँ गर्दा निस्कने थुक अथवा सिँगानका स–साना छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ ।’
मन्त्रालयले कोभिड–१९ बाट बच्नका लागि नाक, मुख र चिउँडो छोपिने गरी मास्क लगाउन, कुनै सतहमा छोएपछि सेनिटाइजरले हात निसंक्रमण गर्न अथवा साबुन पानीले हात धुन र एक अर्कासंग भौतिक दुरी कायम गर्न आग्रह गरेको छ ।






