हरेक मान्छेको जीवनमा
यौटा जीवित भूत मडारिन्छ मनमा
त्यो भूत नजिकैको आफन्त हुन सक्छ,
त्यो प्रेत छेवैको ईष्तमित्र हुन सक्छ,
वा हुन सक्छ त्यो आफ्नै अन्तरआत्मा
वा हुन सक्छ कुनै जीवात्मा
बिस्तारै, त्यो पिशाच मिशाचर बनी
रातभर सपनामा तर्साउन आउँछ
कहिले छायाँ बनी पछ्याउँछ,
कहिले प्रतिध्वनि बनी कानमा गुञिछ
क्रमश: त्यो जीवित भूतको
हाउगुजिले हाम्रो मन, मस्तिष्क र
पुरै शरीरभरि
गज्जवको डेरा जमाउँछ
त्यस्तो प्रेतको प्रकोपबाट बच्नका निमित,
अरुको भर पर्नुभन्दा
आफैमाथि विश्वस्त हुनुपर्छ,
आत्मरतिको सट्टा आत्मबलमा रमाउनुपर्छ
अनि,
यो नश्वर जुनीलाई
परमात्मको भक्तिमा सुम्पिनुपर्छ ।






