एजेन्सी । १९ वर्षीय अनुष्का सेनको इन्स्टाग्राममा २३ मिलियन फलोअर्स छन् । सानै उमेरमा नै चर्चित टिभी शो हरुमा काम गरेकी अनुष्काको चर्चा र फ्यान फलोइङ लोभ लाग्दो छ ।
सानै उमेरमा पनि उनको स्टारडम चर्चित बलिउड अभिनेत्रीको भन्दा कम छैन । भारतीय टेलिभिजनकी सबैभन्दा महँगो कलाकार उनी पछिल्लो समय निकै चर्चा बटुलिरहेकी छन् । उनले थुप्रै बाल कार्यक्रमहरूमा पनि काम गरेकी छन् । ‘यहाँ मे घरघर खेली’ बाट टेलिभिजन पर्दामा डेब्यु गरेकी उनले ‘बाल वीर’, ‘झाँसी की रानी’, ‘खुब लडी मर्दानी’, लगायतका टेलिचलचित्र कार्यक्रमबाट चर्चा बटुलेकी थिइन् ।
अनुष्का अहिले रोहित सेट्टीको स्टन्ट बेस्ड रियालिटी सो ‘खतरो के खिलाडी’ अर्थात् ‘केकेके–११’ मा काम गरिरहेकी छन् । यस कार्यक्रममा उनले गरेको स्टन्टलाई धेरैले रुचाएका छन् । अरुले गर्न नसकेको स्टन्ट उनले पुरा गर्दा रोहित नै चकित पर्छन् ।
यति मेहनती र लगनशील अनुष्काले कति कमाउँछिन् त ? याे सबैकाे चासाेकाे विषय बनेकाे छ । भारतीय सञ्चार माध्यमका अनुसार अनुष्काले एक एपिसाेडकाे ५० हजारसम्म पारिश्रमिक लिन्छिन् । उनको वार्षिक आम्दानी १४ करोड रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
अनुष्काको आफ्नै युट्युब च्यानल पनि छ । त्यो च्यानलबाट उनले लाखौं रुपैयाँ कमाइरहेकी छन् । टेलिभिजन सो र चलचित्रका साथै अनुष्का विभिन्न विज्ञापनहरूमा पनि काम गर्दै आएकी छन् । उनले थुप्रै वेव सिरिज र केही चलचित्रमा पनि काम गरेकी छिन् ।






