एजेन्सी । हरकोहीलाई आफनो बाल्यकाल निकै प्यारो लाग्छ । विद्यालय जीवनका दिन त कसैले पनि बिर्सन सक्दैनन् । बलिउड सेलिब्रेटीहरु पनि आफ्नो पुराना तस्वीरहरु प्रायः सेयर गरिरहेका हुन्छन् । कहिले साथीसँग मस्ती गरिरहेको त कहिले घुम्न गएका तस्वीरहरु हालेर हँसिमजाकका ती दिनहरु सम्झिरहन्छन् ।
यस्तै बलिउड अभिनेता रणवीर सिंह पनि बाल्यकालका तस्वीरहरु सेयर गरिरहेका हुन्छन् । आफ्नो फेसन र स्टाइलबाट धेरैलाई मोहित बनाएका उनको बाल्यकालको तस्वीर स्कुल ड्रेसमा छ, जसमा उनी निकै सुन्दर देखिएका छन् ।
यस्तै बलिउडका रोमान्स किङ स्कुले दिनदेखि नै ह्यान्डसम देखिन्थे । केही दिन पहिले खानको एक तस्वीर निकै भाइरल भएको थियो, जसमा उनले स्कुल ड्रेस लगाएको देख्न सकिन्छ ।
हेराैँ रणवीर सिंह, शाहरूख खान, दीपिका पादुकाेण, प्रियंका चाेपडा, अनुष्का शर्माका बाल्यकालका तस्वीरहरू :











