काठमाडौं । विश्वमा धेरै महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट पीडित छन् । पाठेघरको मुखको क्यान्सर भनेको ‘एचपिबी’ भाइरसले गर्दा हुने रोग हो । पाठेघरको मुखको क्यान्सर गर्भाशयको तल्लो भागमा हुनेगर्छ । अर्थात गर्भाशय र योनीलाई जोड्ने भागमा । यस प्रकारको क्यान्सरको सुरुवात महिलामा ३५–४० बर्षको उमेरपछि हुन्छ ।
यसबाट जोगिनका लागि पाठेघरको मुखको पानीको परीक्षण गर्नुपर्छ । भिआइए परीक्षण गर्नुपर्छ त्यसमा नराम्रो कोषिकाहरू बढेको छ कि छैन पत्ता लगाउनुपर्छ। एचपीबी डिएनएको पनि परीक्षण गर्नुपर्छ । यसको परीक्षणले भाइरस सक्रिय छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ ।
पाठेघरको मुखको क्यान्सर क्रमशः विस्तारै विस्तारै बढ्ने भएकाले कतिपयले यसको सुरुवाती लक्षण थाहा पाउँदैनन् । जब समस्या गंभिर बन्छ, तबमात्र यो क्यान्सर फैलिएको थाहा हुन्छ ।
यदि शारीरिक सम्बन्ध र रजनोवृत्तिपछि पनि धेरै रक्तश्राव भयो, प्रजनन अंगमा दुखाई महसुष भयो भने यो पाठेघरको मुखको क्यान्सरको लक्षण हुनसक्छ । अक्सर महिलाले सेतो पानी बग्नु अर्थात वाइट डिस्चार्ज जस्ता समस्यालाई आम समस्या मानेर नजरअन्दाज गर्छन्, जो पछि गएर निकै खतरनाक सावित हुनसक्छ ।
यस्तो समस्यालाई नजरअन्दाज गर्नुहुँदैन किनभने यो पाठेघरको मुखको क्यान्सरको लक्षण पनि हुनसक्छ । मासिक धर्ममा सामान्यत महिलाको कोखमा दुखाई अनुभव हुँदैन । तर, अचानक हल्का वा तिब्र दुखाई महसुष हुन थालेमा त्यो पाठेघरको मुखको क्यान्सरको लक्षण हुनसक्छ । यद्यपि यी लक्षणहरु अन्य अवस्थामा पनि देखिन सक्छ, क्यन्सर नै हो भन्ने हुन्न ।
त्यसैले यसमध्ये कुनै समस्या भएमा चिकित्सकको परामर्श लिन जरुरी हुन्छ । पाठेघरमा हुने क्यान्सर विशेषगरी ट्युमरका कारण हुन्छ । पाठेघरमा कोषिकाहरुको उत्पादन आवश्यक्ता भन्दा बढी भएमा ट्युमर बन्ने गर्छ । त्यस्ता ट्युमर सबै क्यान्सर नै हुन्छ भन्ने छैन ।
यस्ता ट्युमर, व्यक्ति तथा उमेर अनुसार पनि फरक हुन्छ । त्यस्तै, किशोरावस्थामा हुने ट्युमर, चालीस वर्ष कटेपछि हुने ट्युमर तथा महिनावारी सुक्ने अवस्थामा हुने ट्युमर पनि व्यक्ति अनुसार फरक हुने गर्दछ । त्यस्तै, यस्ता ट्यूमर पाटेघरमा मात्र नभई डिम्बासय तथा नलीको छेउमा पनि हुन सक्छ ।






