काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४३३ जना संक्रमित थपिएका छन् । ९,७०२ पीसीआर परीक्षणमा २ हजार ५२ जना र ४,६७२ एन्टिजेन परीक्षणमा ३८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
पछिल्लो २४ घण्टामा १९२९ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण २६ जनाले ज्यान गुमाएका छन् ।
बिहीबार सबैभन्दा धेरै काठमाडौंमा ५६१, कास्कीमा २५२, झापा र चितवनमा १५३/१५३ जना संक्रमित थपिएकाे मन्त्रालयले जनाएकाे छ । यस्तै ललितपुरमा १०६ र मोरङमा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी सुनसरीमा ७१, भक्तपुरमा ६६, रुपन्देहीमा ५१, मकवानपुरमा ४६, कैलालीमा ४३, नवलपरासी पुर्वमा ४०, नुवाकोटमा ३६, बाँकेमा ३५, पर्वतमा ३०, सुर्खेतका २५ जनामा संक्रमण पुष्टि भएकाे छ । बागलुङमा १९, गोरखामा १८, काभ्रेपलाञ्चोक र जुम्लामा १६र१६ जना, इलाममा १५, सिन्धुली, तनहुँ र स्याङजामा १४/१४ जना, म्याग्दी र दाङमा १२/१२ जना, पाल्पामा ११ जना तथा धनकुटामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।






