काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काको ‘कुरा बुझ्न पर्च’ ले निकै चर्चा बटुल्यो । उनले अभिनय गरेका म्युजिक भिडियोहरु सबै चर्चित छन् । कुटुमा कुटुले त नयाँ रकेर्ड नै बनाएकाे थियाे, अहिले कुरा बुझ्न पर्च ले पनि नयाँ रेकर्डमाथि रेकर्ड कायम गरिरहेको छ ।
स्वस्तिमाले ‘होस्टल रिटर्न्स’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी थिइन् । उनी अभिनित चलचित्र ‘नाइँ नभन्नु ल ५’, ‘छक्का पञ्जा २’, र ‘बुलबुल’ फिल्म् उद्योगमा व्यावसायिक रूपमा सफल कहलिएका छन् । बुलबुलबाट त उनले अन्तर्राष्ट्रिय अवार्ड समेत प्राप्त गरिन् ।
नेपाली चलचित्रमा प्रवेश गर्नु भन्दा पहिले उनले १७ वर्षको उमेरमा, उनले नेपाली राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस टिन नेपालमा भाग लिएकी थिइन् । अहिलेसम्म स्वस्तिमाले एक दर्जन बढी चलचित्रमा काम गरिसकेकी छिन् । उनी नेपाली चलचित्र उद्योगकी सुन्दर नायिकामा पर्छिन् । उनलाई जे लगाएपनि सुहाउने फ्यानहरु बताउँछन् ।
हेर्नुहाेस् स्वस्तिमाकाे सारी लुक्स् (१० तस्वीर) :
















