एजेन्सी । कला क्षेत्रमा सक्रिय भएका अभिनेत्रीहरु कपडादेखि गहनासम्म लाखौँ, करोडौँको लगाउँछन् । दीपिका पादुकाेणकाे कुरा गर्ने हाे भने उनकाे गहना पनि निकै महंगाे छ । नोभेम्बर २०१८ मा इटालीमा रणवीर सिंहसँग विवाह गरेकी थिइन् । बिवाहमा रणवीरले उनलाई हिराले सजिएको ठुलो मंगलसुत्र पहिराएका थिए । भारतीय मिडिया रिपोर्ट अनुसार उक्त मंगलसुत्रको मूल्य २० लाख रुपैयाँ थियो ।

यस्तै अनुष्का शर्माले पनि निकै महंगो मंगलसुत्र लगाउँछिन् । डिसेम्बर २०१७ मा क्रिकेटर विराट कोहलीसँग बिवाह गरेकी अनुष्काको मंगलसुत्रमा हिरा पनि जडित थियो । त्यसको मूल्य ५२ लाख रहेको बताइन्छ । उनीहरुले इटालीको टस्कनीमा बिवाह गरेका थिए ।
प्रियंका चोपडाले डिसेम्बर २०१८ मा अमेरिकन गायक निक जोनससँग बिवाह गरेकी थिइन् । उनको बिवाहको निकै चर्चा भएको थियो । प्राप्त जानकारी अनुसार उनको मंगलसुत्रको मूल्य २१ लाख रहेको छ ।

२० अप्रिल २००७ मा अभिषेक बच्चनसँग बिवाह गरेकी ऐश्वर्या रायले त्यतिबेला ४५ लाखको मंगलसुत्र लगाएकी थिइन् । बिवाहमा उनले काजीवरम सारी लगाएकी थिइन्, जसको मूल्य ७५ लाख रुपैयाँ थियो ।

व्यवसायी राज कुन्द्रासँग नोभेम्बर २००९ मा बिवाह गरेकी शिल्पा सेट्टी पनि महंगो मंगलसुत्र लगाउँछिन् । बिवाहमा उनले ३० लाखको मंगलसुत्र लगाएकी थिइन् । यति मात्रै होइन, राजले उनलाई ३ करोडको इंगेज्मेन्ट रिङ्ग पनि लगाइदिएका थिए । शिल्पा राजकी दोस्री पत्नी हुन् ।






