एजेन्सी । कौन बनेगा करोडपति (केबीसी) सिजन १३ ले पहिलो करोडपति पाएको छ । २५ वर्षीय हिमानी बुन्देला केबीसी–१३ कि पहिलो करोडपति बनेकी छिन् । उनको कहानी कुनै स्क्रिप्ट भन्दा कम छैन ।
हिमानीले केही वर्षअघि दुर्घटनामा परी आफ्नो आँखाको ज्योति गुमाएकी थिइन् । हिमानीको जीवनमा छाएको अन्धकारले वास्तवमा उनी र उनको सपनालाई कुनै असर गर्न सकेन । उनले यसलाई निकै सकारात्मक तरिकाले लिइन् र आफ्नो जीवनमा अगाडी बढिन् ।
हिमानी जोसिली, आँटिली र मेहनती छिन् । केबीसी हट सीटमा पनि उनले समझदारीपूर्वक जवाफ दिएकी छिन् । उनी हाँसीखुशी देखिन्थिन् । सञ्चार माध्यमहरुसँग अन्तरक्रियाका क्रममा उनले केबीसीमा १ करोड जित्न पाउँदा खुशी लागेको बताइन् । तर अब सात करोड जित्न सक्छिन् या सक्दिनन् त्यो भने देख्न बाँकी छ ।
हिमानीका अनुसार उनी १४ वर्षको उमेरदेखि नै केबीसीको फ्यान थिइन् । घरमा पनि अमिताभ बच्चन बनेर कुराकानी गर्थिन्, साथै परिवारलाई प्रश्न समेत सोध्ने गर्थिन् । उनले १४ वर्षको उमेरमा नै केबीसीमा भाग लिने कोसिस गरेकी थिइन्, तर म्यासेज डेलिभरी नै हुँदैन थियो ।
उनले केबीसीमा एक करोड जित्नुमा साथीभाइ र परिवारको ठुलो हात रहेको बताइन् । साथै उनले अब आउने प्रतियोगीहरुलाई पनि नर्भस हुन आवश्यक नरहेको बताइन् । उनले शो मा आफ्नो लागि नभइ परिवारको लागि आएको बताइन् । त्यसैले डर कम खुशी धेरै देखिन्थिन् ।






