एजेन्सी । सुन्दर अनुहार सबैलाई मनपर्छ, सुन्दर बन्न हरकाेही चाहन्छन् । तर चाहेर मात्र कहाँ हुन्छ र, कसैलाई डण्डीफाेरले सताउँछ त कसैलाई चायाँ-पाेताेले । गर्मीको समयमा अनुहारमा चायाँ पोतो तथा अन्य दागहरु बढी आउँछ ।
अनुहारमा आउने चायाँ, पोतोले मानिसहरु चिन्तित हुने गर्छन् । सुन्दर अनुहार आकर्षणका लागि मात्रै होइन स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । किनकी तपाईको अनुहारमा चायाँ, पोतो र डन्डीफोहोर आउनु भनेको स्वस्थ्यमा खराबी देखिएको संकेत पनि हो । १५ देखि ४० वर्षका महिला तथा पुरुषहरुमा चाँया, पोतोको समस्या बढी हुन्छ । हर्मोनको गडबढीका कारण अनुहारमा चायाँ पोतो आउँछ ।
पेटसम्बन्धी रोग भएमा, अनिन्द्राको समस्यामा भएमा, घाममा बढी बस्ने व्यक्तिमा, कलेजो सम्बन्धी रोग लागेमा, पानी कम पिउने बानी भएमा, गुणस्तरहीन सौन्दर्य सामाग्री प्रयोग गरेमा, इलेक्ट्रिकल उज्यालोमा धेरै समयमा बसेमा, अस्वस्थकर खाना खानाले चायाँ पोतो आउँछ ।
कसरी हटाउने चायाँ–पोतो ?
चर्को घाममा नहिँड्ने, पेट सम्बन्धी रोग भएमा समयमै स्वास्थ्य उपचार गर्ने, पानी प्रशस्त पीउने, अनुहारमा डण्डीफोर आएमा नकोट्याउने, जथाभावी रुपमा सौन्दर्यका सामाग्री प्रयोग नगर्ने, जंक फुड नखाने, घाममा निस्कनै परेमा चिकित्सकको सल्लाहमा सन्स क्रिम लगाएर मात्रै निस्कने लगायतका सुरक्षा अपनाउँदा चायाँ पोतोको सम्भावना कम हुन्छ !






