एजेन्सी । रणविर कपुर र आलिया भट्ट अहिलेको समयमा स्टार कलाकार हुन् जसले सानै उमेरदेखि आफ्नो प्रतिभालाई प्रमाणित गर्दै आएका छन् । यी दुई जना चलचित्र ब्रम्हास्त्र मार्फत पहिलो पटक पर्दामासँगै देखिएका थिए ।
धेरै जसो समय यी दुई जनाको विवाहको हल्लाले पनि सामाजिक सञ्जाल तताउने गरेको छ । तर, यस्ता खबर आजसम्म पुष्टि भने भएका छैनन् । रणविर र आलिया दुवै जना बलिउडका टप स्टार हुन् जसले एउटै चलचित्रबाट करोडौं रुपैयाँ कमाउने गर्दछन् ।
त्यसैगरी विज्ञापनबाट पनि उनीहरुले उतिकै कमाइ गर्ने गर्छन् । कपुर खानदानको प्यारो सन्तान रणविर कपुरको कुल सम्पति करिब ३३० करोड भारतीय रुपैयाँ रहेको छ ।
मुम्बईमा रहेको घरसहित अन्य सम्पति मात्र उनको १६ करोड बराबरको रहेको छ । कपुर खानदान आफैंमा बलिउडको एक विलासी र धनी परिवार हो । यसको बाबजुद पनि रणविरले आफ्नै मिहिनेतले यति धेरै सम्पति कमाएका छन् ।
रणविर गाडीका पनि अत्यन्त सोखिन हुन् । उनीसँग रेड स्पोर्ट्स, रेन्ज रोभर मर्सिडिस बेन्ज लगायतका गाडी छन् । त्यसैगरी आलियाको कुरा गर्दा उनले छोटो समयमै ठुलो सफलता हासिल गरेकी छन् ।
आलियाको कुल सम्पति २२० करोड भारतीय रुपैयाँ रहेको छ । आलियाको मुम्बईको बान्द्रामा करिब ३२ करोड बराबरको घर रहेको छ । त्यसैगरी एउटा भेनिटि भ्यान हुनुका साथै लन्डनमा पनि एक घर रहेको छ ।
रणविर जस्तै आलिया पनि कारहरुको सोखिन छन् । उनीसँग रेन्ज रोभर अउडी बिएमडब्लु लगायतका गाडी छन् । दुवै जनाले विभिन्न विज्ञापनबाट पनि कमाइ गर्ने गर्दछन् भने विभिन्न ब्रान्डका एम्बास्डर समेत रहेका छन् ।






