काठमाडाैं । कमेडी च्याम्पियन सिजन २ का प्रतिस्पर्धी विक्की अग्रवाल र भरतमणि पाैडेलकाे चर्चा चलिरहेका बेला अभिनेत्री सुरक्षा पन्त पनि उनीहरूकाे समर्थनमा उत्रिएकी छिन् । सामाजिक सञ्जालमा उनले विक्की र भरतमणिबारे आफ्नो धारणा राखेकी हुन् । उनीहरू दुवै एक रथका दुई पाङ्ग्रा भएको उनको भनाइ छ ।
सुरक्षाले भनेकी छिन् – ‘एकजना जो नयाँ प्रयोग गर्छन्, अर्को जो भइरहेको प्रयोगमा उत्कृष्टता थप्छन् । खासमा बिक्की र भरत एक रथका दुई पाङ्ग्रा हुन् । दुबै चाहिने मान्छे हो त । अहिलेलाई हँसाउ अनि जित भन्या हैन र । हँसाउनको लागि प्रयोग गर्न पाइहाल्छ नि । नगर भन्न त कहाँ मिल्छ ! भोट गर्ने,नभन्ने ।’
हिजाे शनिबार विक्कीले प्यान्टोमाइम गरेका थिए भने भरतले पूर्व युवराज पारस शाहकाे क्यारिकेचर गरेका थिए । भरतले सबैकाे वाहवाही पाए भने विक्कीले जाेखिम माेलेकाे तर उत्कृष्ट प्रस्तुती रहेकाे भन्दै प्रसंसा गरे । भरतमणिकाे प्रस्तुतीकाे प्रसंसा गरेका जज सन्ताेष पन्तले भने विक्कीकाे कमेडी रूचाएनन्, उनले विक्कीकाे कमेडी आफूले नबुझेको प्रतिक्रिया दिए । पन्तकाे खराे टिप्पणीपछि विक्की भावुक हुँदै रोएका थिए । अहिले सामाजिक सञ्जालमा सन्ताेष पन्तकाे विराेध र विक्कीकाे प्रसंसा भइरहेकाे छ ।






