काठमाडौं । टिकटक स्टार तथा मोडल स्मारिका ढकालले डिभोर्सपछि उनलाई गाली गर्नेहरुलाई जवाफ फर्काएकी छिन् ।
केही साताअघि श्रीमान् विवेक अधिकारीसँग स्मारिकाकाे डिभाेर्स भएकाे थियाे । डिभाेर्सपछि धेरैले उनले सफल भएपछि श्रीमान् छाेडेकाे भन्दै उनलाई गाली गरेका थिए । उनैले डिभाेर्सकाे लागि जाेड गरेकाे धेरैकाे आरोप थियो । यद्यपी विवेकले भने दुवैकाे सहमतीमा डिभाेर्स भएकाे, स्मारिकाकाे कुनै गल्ती नभएकाे भन्दै उनलाई सपाेर्ट गरेका थिए ।
स्मारिकाले पनि डिभाेर्सपछिकाे पहिलाे अन्तर्वार्तामा स्मारिकाले भनिन्, ‘दर्शकहरुले हामीलाई माया गर्नुहुन्छ, त्यसैले उहाँहरुलाई हाम्रो चासो लाग्छ । यो जायज कुरा हो । सबैले चासो लिन पाउनुहुन्छ, तर गल्ती कसको हो भन्ने कुरा समय आएपछि थाहा पाउनु हुनेछ ।’
झापाको बुधबारे घर भएका स्मारिका र विवेककाे बिवाह भएकाे धेरै भएकाे छैन । स्मारिकाले विवेकसँग १८ बर्षकै उमेरमा विहे गरेकी थिइन्। उनीहरुका सन्तान भने छैनन् । दुवैले समझदारीमा छुट्टिने निर्णय गरेकाे विवेकले बताइसकेका छन् । डिभोर्सको कारण भने कसैले खुलाएका छैनन् ।
टिकटकमा स्मारिका र समारिकाको जुम्ल्याहा जोडी अत्यधिक रुचाइएका सेलिब्रिटी हुन् । टिकटकमा स्मारिकाको ६ लाख भन्दा बढी फलोअर्स छन् । स्मारिका दिदी र समारिका बहिनी हुन् । समारिकाको बिहे भएको छैन ।
डिभाेर्सी स्मारिकाले दिदीकाे सपाेर्ट लिँदै भनेकी छिन् – ‘सही समयको प्रतिक्षा गर्नुहोस् । अहिले ज–जसले नराम्रो भन्नुभएको छ, साँचो कुरा थाहा पाएपछि नराम्रो भन्नेहरुलाई पश्चाताप हुनेछ । नबुझि नबाेलि दिनुहाेला ।’






