एजेन्सी । व्यापारी राज कुन्द्रा पोर्नोग्राफी मुद्दामा पक्राउ परेको एक महिना भन्दा बढी भएको छ । व्यापारी कुन्द्रा१९ जुलाईमा पक्राउ परेका थिए । यो मुद्दाबाट राजले तत्काल छुटकारा पाउने सम्भावना पनि छैन । राजले पोर्नोग्राफीको व्यापार गरिरहेका छन् भन्ने सार्वजनिक भएपछि उनकी पत्नी तथा नायिका शिल्पा सेट्टी समेत आश्चर्यमा परिन् । उनलाई समेत पक्राउ गरी पोर्नोग्राफी धन्दाको विषयमा सोधपुछ गरिएको थियो ।
राज पक्राउ परेपछि शिल्पाले उनीसँग अलग हुने सोच बनाइरहेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । मिडियामा उल्लेख भए अनुसार शिल्पाको नजिकको साथीभाइका अनुसार उनी राज विनाको जीवनको योजना बनाइरहेकी छिन् ।
शिल्पा आफ्ना सन्तानलाई उनीहरुकोे पिताले गलत तरिकाले कमाई गरेको सम्पत्तीबाट अलग राख्न चाहन्छिन् । शिल्पा राजले कमाएको रकमबाट आफ्नो जीवन अगाडि बढाउन चाहन्नन् । शिल्पाकि नजिककी साथी भन्छिन्– ‘उनलाई (शिल्पा) थाहा थिए न कि ती हिरा र घर बेइमानीको बाटो हुँदै आएको छ । अहिले शिल्पा शिल्पा राजले दिएको सामान छुन पनि चाहँदिनन् ।’
शिल्पा आफैँले पनि रियालिटी शोबाट निकै राम्रो आम्दानी गरिरहेकी छिन् । शिल्पालाई बलिउड चलचित्रको अफर पनि एकपछि अर्को रुपमा आइरहेको छ । यसैले पनि राजको सम्पत्ती विना नै आफ्नो जिन्दगी अगाडि बढाउन सकिन्छ भन्नेमा शिल्पा विश्वस्त छिन् ।
आफ्नोे जिन्दगीलाई सुविधा सम्पन्न तरिकाले अगाडि बढाउन शिल्पालाई कुनै समस्या नरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यसैले पनि शिल्पा राजसँग अलग हुने सोचमा पुगेको मिडियाको दाबी छ । तर, यो बिषयमा शिल्पाले भने कुनै पनि भनाई सार्वजनिक गरेकी छैनन् ।






