एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो केही तस्वीरका कारण चर्चामा छिन् । उनले पति निक जोनस सँगको तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेकी थिइन् । तस्वीरमा उनी ब्लाक र रेड विकिनीमा देखिएकी छिन् । धेरैले उनीहरुको ट्रोल बनाएका छन् ।
यसैबीच प्रियंकाकि बहिनी तथा अभिनेत्री परिणीति चोपडाले उनको तस्वीरमा प्रतिक्रिया राखेकी छिन् – ‘जीज, मीमी दिदी । के चलिरहेको छ यहाँ ? इन्स्टाग्राममा परिवार छन् । आँखा बन्द गरेर लाइक बटन थिच्ने कोसिस गरिरहेकी छु ।’
प्रियंका र परिणीति मिल्ने साथी पनि हुन् । प्रियंका अहिले अमेरिकामा छिन् । उनले निकको कन्सर्ट पनि अटेन्ड गरेकी थिइन् । प्रियंका लण्डनमा सिरिजको सुटिङ्ग चलिरहेको छ । उनले सुटिङ्गको तस्वीर पनि सेयर गरेकी थिइन् । उनले बताए अनुसार सुटिङ्गको स्टन्टका क्रममा चोट पनि लागेको थियो ।
![]()
प्रियंका र निकले डिसेम्बर २०१८ मा जोधपुरमा बिवाह गरेका थिए । प्रियंकाले आफुभन्दा १० बर्ष कान्छो निकसँग केही समयअघि जोडी बाँधेकि हुन् । विवाहपछि दाम्पत्य जीवनमा रमाइरहेकी उनी बेलाबखत भने चर्चामा आउने गर्छिन् ।






