एजेन्सी । केरा खानमा मात्र मिठो होइन यो निकै पौष्टिक पनि हुन्छ । विद्यार्थीका लागि दिनको एउटा केरा खानु आवश्यक छ । यसले दिमागको तागत बढाउँछ र स्मरणशक्ति तेजिलो बनाउँछ । शारीरिक व्यायाम गर्ने व्यक्तीले केरा खानु अत्यन्त जरुरी छ । यसमा भएको पोटाशियमबाट तागत तुरुन्त मिल्छ ।
डिप्रेशनका व्यक्तिलाई पनि केराले निकै फाइदा पुर्याउँछ । यसमा भएको अमिनो एसिडको अधिक मात्राले हार्मोनको लेवल सन्तुलन रहन्छ र मुड पनि राम्रो रहन्छ ।
यसमा क्यालरी बढी हुन्छ र तौल बढाउने गर्छ । यसकारण मोटोपनको समस्या भएका व्यक्तीले केरा नखानु राम्रो हुन्छ । मांसपेशी कमजोर हुने व्यक्तीले केरा खानु हुँदैन । ग्यास्ट्रिकको समस्या हुने व्यक्ती र ग्यास्ट्रिकको रोगीले पनि केरा खानु हुँदैन ।
यस्तै टाउको दुख्ने रोग भएकाले पनि केरा खान नहुने चिकित्सकहरू बताउँछन् । यसमा थायरेमिन हुन्छ । केरा खानाले टाउको दुख्ने र माइग्रेनको असर बढ्छ ।






