काठमाडौं । अभिनेत्री वर्षा शिवाकाेटीले अपार्टमेन्ट खरिद गरेकी छिन् । महंगो रकममा उनले हात्तीवनमा रहेको सिटी स्केप्टमा थ्रि बीएचके अपार्टमेन्ट खरिद गरेकी हुन् । उनले बुधबार घरमा पूजा गर्दै गरेकाे तस्वीर समेत सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् ।
उक्त अपार्टमेन्टकाे मूल्य साढे २ कराेड रहेकाे छ । आमाको सहयोगमा उनले अपार्टमेन्ट खरिद गरेकी हुन् । अब आमाकाे साथमा उनी त्यहीँ बस्नेछिन् । उनीहरूले आजै पूजा गरेर अपार्टमेन्टको बसाई सुरु गरिसकेका छन् ।
सितापाइलामा संयुक्त परिवारमा रहँदै आएकी वर्षा विगत एक बर्षदेखि कौशलटारमा बस्दै आएकी थिइन् । अब भने उनी आमाकाे साथमा रहनेछिन् । वर्षाले केही महिना अगाडि मात्र कार समेत किनेकी थिइन् ।
वर्षाले अभिनय गरेका ‘परदेशी २, मनदेखि मनसम्म, ए साथी सुन’ लगायतका चलचित्र रिलिजका क्रममा छन् । उनले गरेका चलचित्रहरूले खासै चर्चा र मुनाफा भने कमाउन सकेका छैनन् । पछिल्लाे समय वर्षा म्युजिक भिडियोमा पनि व्यस्त छिन् ।




