काठमाडौं । हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ । अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा आइतबार बिहान उनको निधन भएको हो । शर्मा पछिल्लो समय अमेरिका रहँदै आएका थिए ।
उनी विगत ७ वर्षदेखि क्यान्सर रोगसँग लडी रहेका थिए । टेलिफिल्म ‘चतुरेको दाउपेच’बाट चर्चामा आएका शर्माले धेरै टेलिफिल्ममा काम गरेका छन् । उनले ‘चतुरेको दाउपेच’ नामक फिल्म समेत निर्माण गरेका थिए ।






