काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा रहेको नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ । प्रेम, पीडा र भावनात्मक सम्बन्धको कथालाई समेटिएको यस गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
गीतमा भुवन बि.के. को शब्द रहेको छ भने संगीत अजय आरएनले दिएका छन् । संगीत संयोजन भुवन बि.के. ले गरेका हुन् । गीतको रेकर्डिङ गोविन्द अनेकले गरेका छन् भने प्रिमिक्स कमल थापा र मिक्सिङ तथा मास्टरिङ श्याम श्वेत रसाइलीले गरेका छन् ।
‘पिर दियौ’ले प्रेम सम्बन्धमा आउने पीडा, बिछोड र भावनात्मक उतारचढावलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । सशक्त शब्द, मिठो संगीत र आकर्षक भिडियोका कारण गीतले नेपाली लोकसंगीत प्रेमीको मन जित्ने अपेक्षा गरिएको छ ।
गीतको भिडियोमा गायक अजय आरएनसँगै नारायणी खत्री र गोविन्द पहाडीको अभिनय रहेको छ । भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् भने सम्पादन नवीन घर्ती मगरले गरेका छन् । भिडियोको निर्देशन तथा कोरियोग्राफी मुकेश नेपालीले गरेका छन् ।






