एजेन्सी । भारतीय दिग्गज कलाकार अमिताभ बच्चन नेपाल आउने भएका छन् । चलचित्रकाे छायांकनका लागि अमिताभ नेपाल आउन लागेका हुन् । उनकाे साथमा अनुपम खेर, बमन इरानी, निना गुप्तालगायत कलाकारहरु पनि आउने भएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार अगामी अक्टुबर महिनामा सुरज बर्जात्याको फिल्म ‘उँचाइ’ को सुटिङ नेपालमा हुँदैछ । साथीहरुबीचको हुने मित्रतालाई फिल्मको कथावस्तुमा समेटिएको बताइएको छ । सुरज बर्जात्यले फिल्म सुटिङका लागि स्थानको खोजी गरिरहेको र उनको पहिलो रोजाइ नेपाल बनेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
उनीहरु नेपालमा ४०-४५ दिनसम्म सुटिङ गर्ने बताइएको छ । उक्त फिल्मलाई थ्री ह्विलर्स नामक कम्पनीले व्यवस्थापन गर्ने बताइएको छ । फिल्मको सुटिङ काठमाडौंदेखि लुक्ला, नाम्चे, लाङटाङ र मनाङमा समेत हुने बताइएको छ ।
सुटिङ अनुमतिका लागि नेपाल व्यवस्थापन हेर्ने कम्पनीले सञ्चार मन्त्रालयसँग अनुमति मागेको छ ।




