एजेन्सी । आजकल अधिकाशं नयाँ पुस्ता धुम्रपान गर्दछन् । धुम्रपानबाट वर्षेनी विश्वमा धेरै मानिसहरुले ज्यान गुमाउँछन् । धुम्रपान सेवनलाई नियन्त्रण गर्न विभिन्न नितीनियमहरु लागू गरिए पनि धुम्रपान गर्नेको संख्या उल्लेख्य छ । कैयौ व्यक्तिहरु धुम्रपानको लत हटाउन धेरै प्रयास गरिरहेपनि सफल हुँदैनन् । धुम्रपानको कुलतबाट कसरी छुटकारा पाउने त?
दालचिनी चपाउने : चुरोटको लत बसेकाहरुलाई बारम्बार यसको तलतलले सताउँछ । यस्तोमा दालचिनीको एक टुक्रा मुखमा राखि चपाउनु लाभदायक हुन्छ । दालचिनीको स्वादले निकोटिन सेवन गर्ने चाहनालाई घटाउँछ ।
अमला चुस्ने : चुरोट पिउन मन लागेको बेला एक टुक्रा अमला चुस्नु निकै उपयोगी हुन्छ । यसका लागी अमलाको टुक्रामा नुन मिसाएर घाममा सुकाउनुपर्छ । अमलामा हुने भिटामिन सीले निकोटिन सेवन गर्ने चाहनालाई कम गर्छ ।
बोजोको टुक्रा चपाउने : बोजो एक बहु औषधिय गुण सम्पन्न वनस्पती हो । तसर्थ बोजोको टुक्रा गोजीमा राखि चुरोट सेवन गर्न मन लागेको बेला एक टुक्रा बोजो चपाउँदा चुरोट पिउने चाहना आफैं कम भएर जान्छ ।
चुइगम चपाउने : यदि तपाईलाई तत्काल चुरोट पिउन मन लागेको छ भने एक दुई वटा चुईंगम मुखमा राखि चपाउन थाल्नुहोस् । यसले तपाईंको मुख व्यस्त पार्नुको साथै चुरोट पिउने ध्यानबाट अलग्याउँछ ।
प्रशस्त पानी : चुरोटको लत बसेकाहरुले दैनिक अनिवार्य २ लिटरभन्दा बढि पानी पिउने गर्नुपर्छ । यदि शरीरमा प्रसस्त मात्रामा पानी पुगेमा यसले शरीर हाइड्रेट रहनुका साथै शरीरबाट डरलाग्दा टक्सिनलाई समेत बाहिर निकाल्न मद्दत गर्दछ ।
मह चाट्नुहोस् : एकदमै चुरोट पिउन मन लागेको छ भने एक चम्चा मह चाटेमा यो तलतल बिस्तारै कम हुँदै जान्छ । साथै महको सेवनले धुम्रपानबाट हुने हानि कम गराउँछ ।






