काठमाडाैं । नेपाली गायिका स्मिता दाहालले गाएकाे हिन्दी गीत सार्वजनिक भएकाे छ । ‘इबादाद बन गए हो’ बोलको हिन्दी गीत आज (शुक्रबार) सार्वजनिक भएकाे हाे । गीतकाे भिडियाेमा पनि स्मिता नै छिन् । उनकाे साथमाअर्जुन बिज्लानीकाे पनि अभिनय रहेकाे छ ।

गीतको भिडियोलाई राजिव एस. रुइयाले निर्देशन गरेका हुन् । गीत गायनमा स्मिता लाई शबाब साबरीले स्वरमा साथ दिएका छन् । केआर वाहीको शब्द रहेको गीतमा शबाब साबरीले संगीत दिएका छन् ।
स्मिता दाहाल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् ।
भिडियाे :




